प्रचण्डलाई गृहमन्त्रीको जवाफ- व्यक्तिको नाममा गएको शेरा दरबार फिर्ता ल्याउँछौँ « Khabarhub

प्रचण्डलाई गृहमन्त्रीको जवाफ- व्यक्तिको नाममा गएको शेरा दरबार फिर्ता ल्याउँछौँ


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको नुवाकोटको शेरा दरबारबारे गम्भीरतासहित अध्ययन भइरहेका बताएका छन् ।

संघीय संसद्को राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले शेरा दरबार गैरकानुनी रुपमा व्यक्तिको नाममा गएको भए फिर्ता हुने बताए ।

‘शेरा दरबारसम्बन्धी गम्भीरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रुपमा गएको छ भने फिर्ता हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

बैठकमा नेकपा एमालेका सांसद बासुदेव घिमिरेले शेरा दरबारबारे गृहमन्त्री लेखकको जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्री लेखकले बैठकको अन्तिममा धारणा राख्ने बताएपछि बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका कानूनविपरीत भए फिर्ता ल्याउन भनेका थिए ।

‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘म सरकारलाई धन्यवाद भन्छु ।’

प्रचण्डको जवाफ फर्काउँदै गृहमन्त्री लेखकले धन्यवाद दिन तयार भएर बस्न आग्रह गरे ।

‘पूर्वप्रधानमन्त्रीले धन्यवाद दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘गैरकानुनी रुपमा गएको रहेछ भने फिर्ता हुन्छ । यसकारण सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : ३८ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद