प्रचण्डलाई गृहमन्त्रीको जवाफ- व्यक्तिको नाममा गएको शेरा दरबार फिर्ता ल्याउँछौँ « Khabarhub

प्रचण्डलाई गृहमन्त्रीको जवाफ- व्यक्तिको नाममा गएको शेरा दरबार फिर्ता ल्याउँछौँ


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको नुवाकोटको शेरा दरबारबारे गम्भीरतासहित अध्ययन भइरहेका बताएका छन् ।

संघीय संसद्को राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले शेरा दरबार गैरकानुनी रुपमा व्यक्तिको नाममा गएको भए फिर्ता हुने बताए ।

‘शेरा दरबारसम्बन्धी गम्भीरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रुपमा गएको छ भने फिर्ता हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

बैठकमा नेकपा एमालेका सांसद बासुदेव घिमिरेले शेरा दरबारबारे गृहमन्त्री लेखकको जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्री लेखकले बैठकको अन्तिममा धारणा राख्ने बताएपछि बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका कानूनविपरीत भए फिर्ता ल्याउन भनेका थिए ।

‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘म सरकारलाई धन्यवाद भन्छु ।’

प्रचण्डको जवाफ फर्काउँदै गृहमन्त्री लेखकले धन्यवाद दिन तयार भएर बस्न आग्रह गरे ।

‘पूर्वप्रधानमन्त्रीले धन्यवाद दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘गैरकानुनी रुपमा गएको रहेछ भने फिर्ता हुन्छ । यसकारण सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : ३८ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र