शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री « Khabarhub

शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको नुवाकोटको शेरा दरबारबारे गम्भीरताका साथ अध्ययन भइरहेका बताएका छन् । 

संघीय संसद्को राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले शेरा दरबार गैरकानूनी रूपमा व्यक्तिको नाममा गएको भए फिर्ता हुने बताए । 

‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रूपमा गएको छ भने फिर्ता हुन्छ,’ गृहमन्त्री लेखकले भने । 

बैठकमा नेकपा एमालेका सांसद वासुदेव घिमिरेले शेरा दरबारबारे गृहमन्त्री लेखकको जवाफ मागेका थिए । 

‘शेरा दरवारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्री लेखकले बैठकको अन्तिममा धारणा राख्ने बताएपछि बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गाका कानूनविपरीत भए फिर्ता ल्याउन भनेका थिए ।

‘शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘म सरकारलाई धन्यवाद भन्छु ।’

प्रचण्डको जवाफ फर्काउँदै गृहमन्त्री लेखकले धन्यवाद दिन तयार भएर बस्न आग्रह गरे ।

‘पूर्वप्रधानमन्त्रीले धन्यवाद दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘गैरकानुनी रूपमा गएको रहेछ भने फिर्ता हुन्छ । यसकारण सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १ : ५७ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न