कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह « Khabarhub

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको  कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।

आज सिहंदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बास सँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलबीच ६५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दे दुई मूलूकबीच भएको कृषि क्षेत्रमा सहकार्य सम्वन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूत समक्ष आग्रह गरे।

मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवाहरूलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे । 

इजरायलले  नेपाली विधार्थीहरुलाई उपलब्ध गराउँदै आएको  छात्रवृत्तिले  नेपालको कृषि क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुगेको  भन्दै  मन्त्री अधिकारीले नेपालको कृषिको  विकासका लागि इजरायल सरकार सँग भएको सम्झौता अनुरूप  सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनौट भैसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूत समक्ष आग्रह गरे ।

करिब ५ हजार नेपालीहरू हाल इजरायलमा कार्यरत रहेको  र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको  पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे।  

त्यस क्रममा राजदूत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए। राजदूत वासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा  कृषिका लागि सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदूत बासले कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देशबीच भएका सहमतिहरूको कार्यान्वयनमा आफूले  ध्यान दिने पनि राजदूत बासले बताए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : १४ बजे

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी