‘सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष’ « Khabarhub

‘सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष’


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ ।

चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जन हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ का लागि औसत राष्ट्रिय तापक्रम १०.९२ डिग्री सेल्सियस(५१.६६ फरेनहाइट) औसतभन्दा १.०३ डिग्री बढी थियो । यो सन् १९६१ मा पूर्ण रेकर्ड सुरु भएपछिको सबैभन्दा तातो वर्ष भएको चीन मौसम विज्ञान प्रशासनले बुधबार राति आफ्नो समाचार साइटमा बताएको छ । 

‘सबैभन्दा न्यानो चार वर्षहरू विगत चार वर्ष नै थिए र सन् १९६१ देखिका सबैभन्दा न्यानो शीर्ष दश वर्षहरू २१औँ शताब्दीमा परेका छन,’ प्रशासनले भनेको छ ।

चीनले यस वर्ष नै जुलाईमा अवलोकनको इतिहासमै सबैभन्दा तातो महिनाका साथै अगस्ट र शरद ऋतु पनि रेकर्ड तातो भएको दर्ता गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सोमबार वर्षको अन्त्यमा दिएको सन्देशमा सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष हुने बताएको छ । 

विश्वव्यापी तापक्रम मुख्यतया जीवाश्म इन्धनको जलनले हुन्छ र ये केवल तापमान वृद्धिको कुरा मात्र नभई वायुमण्डल र समुद्रहरूमा थप तापको प्रभाव पनि हो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : ३० बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार