कर्ण थापाको टिप्पणी : विधानअनुसारको बहसलाई बन्देज लगाउनु उचित होइन « Khabarhub

कर्ण थापाको टिप्पणी : विधानअनुसारको बहसलाई बन्देज लगाउनु उचित होइन


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज लगाउनु कुनै दृष्टिकोणले उचित नमानिने बताएका छन् ।

एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावलमाथि कारबाही गरेको एक सातापछि उनले तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज लगाउनु कुनै दृष्टिकोणले उचित नमानिने बताएका हुन् ।

‘स्वस्थ्य राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म हो,’ नेता थापाले सामाजिक सञ्जाल लेखेका छन्, ‘तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिदैन ।’

उनले पार्टीमा अराजकता र अनुशासनहिता पनि स्वीकार्य नहुने प्रष्ट पारेका छन् । विचार र विष्लेषणको श्रृंखला टुट्दा राजनीतिक धरातल सकिने र राजनीतिकर्मीको मृत्यु’ हुने टिप्पणी पनि गरेका छन् ।

‘विचारमा आधारित भएर राजनीतिक बहस गरौँ । सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजवुत पार्न सकिन्छ,’ थापाले भनेका छन्, ‘एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ । असभ्यताको प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन ।’

एमाले नेता थापा पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेव भण्डारीसँग निकट छन् । एमालेबाट निकालिएका रावलसँग उनको व्यक्तिगत सम्बन्ध राम्रो थिएन । तर उनी पनि रावललाई पार्टीबाट निकाल्न नहुने पक्षमा थिए ।

यसअघि पनि उनले एमालेमा देखिएको विवादबारे बोलेका थिए । उनले महाभारतको कथाको प्रसंग निकालेर एमालेसँग जोडेका थिए । महाभारतका अनुसार सकुनी गान्धार राज्यका राजकुमार रहेको कथा निकालेर उनले एमालेको समस्याबारे ब्याख्या गरेका थिए ।

‘…हस्तिनापुर राज्यको शक्तिको प्रयोग गरेर दृष्टिविहीन धृतराष्टसँग सकुनीकी दिदी गान्धारीको विवाह गराइयो । जुन कुरासँग सकुनी सहमत थिएनन् । हस्तिनापुरलाई ध्वस्त पार्ने संकल्प लिएर गान्धारीसँगै सकुनी हस्तिनापुर बसे । धृतराष्टको पुत्रमोह र दुर्योधनको सत्तामोह जगाउन र त्यसलाई उपयोग गर्न सकुनीले आफ्नो सबै ज्ञान, अनुभव र समय लगाएर महाभारत युद्व भयो’, उनले भनेका थिए, ‘लाखौँको रगत बग्यो र करोडौँको धनराशि सकियो । नेपालको कम्युनिस्ट आन्दोलनमा कतै नियोजित रूपमा तयार पारिएका सकुनीहरू त प्रभावशाली भइरहेका छैनन ? गम्भीर प्रश्न हाम्रोसामु उपस्थित छ ।’

उनले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रभाव एमाले भएको बताउँदै यसलाई बलियो नबनाई कम्युनिस्ट आन्दोलनको भविष्य सुरक्षित नहुने बताएका थिए । ‘सबैखाले जालझेल र षड्यन्त्रलाई समाप्त पार्न विवेकशील भएर पहलकदमी लिन ढिलाइ नगरौँ’, उनले रावललाई एमालेको कारबाहीको आसपास यसरी बोलेका थिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ४ : १५ बजे

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ