माओवादीको निष्कर्ष : नेपाल शक्तिराष्ट्रबीच शीतयुद्धको केन्द्र बन्दैछ « Khabarhub

माओवादीको निष्कर्ष : नेपाल शक्तिराष्ट्रबीच शीतयुद्धको केन्द्र बन्दैछ


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल शीत युद्धको इपिसेन्टर बन्ने दिशामा अघि बढेको निष्कर्ष निकालेको छ ।

बिहीबारदेखि काठमाडौंमा सुरु स्थायी समिति बैठकबारे पत्रकारहरूलाई जानकारी गराउँदै माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भूराजनीतिक जटिलताबारे यस्तो निष्कर्ष निकालिको बताएका हुन् ।

आगामी पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लामो ब्रिफिङ गरेका थिए ।

‘अन्तराष्ट्रिय परिस्थिति अन्यत्नै द्वन्द्वग्रस्त भइरहेको, शक्ति राष्ट्रबीचमा प्रतिद्वन्द्विता झन्झन् तीव्र हुँदै गएको छ । यो परिस्थितिमा राष्ट्रिय एकताको सबैभन्दा बढी खाँचो परेको छ’, सापकोटाले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै पत्रकारलाई सुनाए, ‘देश विपद्को भूमरीमा पर्दैछ । हाम्रो देश शीतयुद्धको इपिसेन्टरतिर जाँदैछ । त्यसकारण यो देशको रक्षा गर्ने दायित्व सबै नेपालीको हो ।’

उनले बैठकमा ब्रिफिङका क्रममा सबै नेपालीले असंलग्नताको सिद्धान्तप्रति अटल रहेको बताउनुरेको उल्लेख गरेका थिए । ‘हामी राष्ट्रसंघको पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध छौँ । हामी एक स्वरले भन्छौँ, ‘नेपालका मामिलाहरूमा नेपालीले नै पहलकदमी लिनुपर्छ । यो देश नेपालीहरूले नै चलाउनुपर्छ । हामीलाई कसैको हैकम स्वीकार्य छैन । हामी शान्तिप्रति प्रतिबद्ध छौँ।’

उनले बैठकमा अध्यक्ष प्रचण्डले सबै पार्टीलाई जितजितको अवस्थामा जाने गरी अघि बढन् आग्रह गरे । ‘अब सबैले ‘विन विन सिचुयसन’मा जानुपर्छ । सबैले जिते जितेजस्तो हुने एउटा महानतम् उद्देश्य अथवा दृष्टिकोण बनाउन सबै लाग्नु जरुरी भएको छ’, प्रचण्डले बैठकमा अपीलसहित भनेका थिए ।

संविधान संशोधन

बैठकमा कांग्रेस-एमालेसहितको सरकारले चलाएको संविधान संशोधनको कुराबारे पनि छलफल भएको उपाध्यक्ष सापकोटाले बताए । ‘सरकारले संविधान संशोधनको कुरा चलाएको छ । संविधान संशोधनमा हाम्रो पार्टीको प्रष्ट धारणा अग्रगमनका लागि, परिवर्तनका लागि र जनताका अधिकारलाई अझ विकास र विस्तारका लागि आवश्यक छ’, उनले भने ।

उनले अहिले राष्ट्रको आवश्यकता संविधान संशोधन या संविधानको मर्म र भावनाअनुसार कार्यान्वयन भन्नेमा प्रष्ट हुनुपर्ने बताए । ‘अहिले आवश्यकता संविधान संशोधन या राम्रोसँग कार्यान्वयन के हो ?’, उनले सोधे, ‘हाम्रो पार्टीलाई के लागेको छ भने संविधान जसरी इमान्दारितपूर्वक कार्यान्वयन गरिनुपर्थ्यो, संविधानको अभ्यास जसरी गरिनुपर्‍थ्यो, त्यो भएको छैन ।’

माओवादीले पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरालाई पनि अस्वाभिवक र अप्राकृतिक भनेको छ । ‘तर, उहाँहरुले हामी ठूला मिलेर केही गर्दैछौँ भनेर संविधान संशोधनको कुरा आवरणमा मात्रै भन्नुभएको हो । त्यसलाई बहाना बनाएर उहाँहरूलाई सत्ता चाहिएको थियो’, सापकोटाले भने ।

माओवादीले संविधान संशोधनभन्दा कार्यान्वयन मुख्य कुरा रहेको निष्कर्ष निकालेको छ। ‘हाम्रो कुरा अहिले संविधान संशोधन होइन । त्यसको राम्रो र प्रभावकारी कार्यान्वयन हो । त्यतातिर जानुपर्छ भन्ने हो’, सापकोटाले भने, ‘एक दशक भइसक्योm,साँच्चिकै संविधान संशेधन गर्नुपर्छ भन्ने उहाँहरूको भनाइ हो भने त्यसका लागि अब अलिकति नयाँ शिराबाट सोच्नुपर्छ ।’

मा‌ओवादीले यही यथास्थितिवादी ढंगले राष्ट्रका समस्याहरू र अन्तराष्ट्रियस्तरमा देखिएका चुनौतीहरूको नेपालले सामना गर्न नसक्ने निष्कर्ष पनि बैठकबाट निकालेको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ६ : ०० बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक