काठमाडौं– त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ ।
नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–० को सहज जित निकालेको छ ।
आर्मीलाई जित दिलाउन दुवै गोल विमला चौधरीले गरेकी थिइन । उनले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेकी हुन ।
विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई सदुपयोग गरेर पहिलो गोल गरेकी थिइन भने दोस्रो हाफको ७१औं मिनेटमा विमलाले फेरि दोस्रो गोल गरेर आर्मीलाई सहज जीत दिलाएकी हुन् ।
प्रतिक्रिया