‘विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ’ « Khabarhub

‘विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ’


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोली र व्यवहार राम्रो हुनुपर्ने बताएका छन् ।

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा आउने पर्यटकसँगको पहिलो भेटघाट नै विमानस्थल यातायात चालकसँग हुने र उनीहरूको बोली व्यवहार राम्रो नहुँदा समग्र नेपालप्रतिको दृष्टिकोण नकारात्मक हुने गरेको बताए।

‘नेपाल आउने वित्तिकैको प्रभाव राम्रो भएमात्रै नेपाल र नेपालीप्रति विदेशीले हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ, चालकको बोली र व्यवहारले नेपालको छविलाई विश्वमाझ चिनाउन मद्दत गर्छ’, उनले भने।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूले भोगेका यातायात समस्यालाई मध्यनजर गर्दै स्थापित कम्पनी नेपालको यातायात क्षेत्रको नमूना कम्पनीको रूपमा विकास हुँदै गएको बताए।      

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले विमानस्थलभित्रको यातायातलाई अनुशासित र मर्यादित बनाउन विमानस्थल हवाई यात्रु यातायात सेवाले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिंखडाले कम्पनीको स्थापना पश्चात् हवाई यात्रुहरूलाई सहज भएको बताए। नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ७ : ०८ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार