झाराटारा गरेर पार्टी चल्दैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

झाराटारा गरेर पार्टी चल्दैन : उपप्रधानमन्त्री सिंह


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १-ले बिहीबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने उनले बताएका हुन । 

पार्टीको संगठनलाई कागजी रूपमा मात्रै सीमित गर्न नहुने भन्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने स्मरण गराएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य सङ्ख्या भएर नहुने भन्दै उनले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने जोड दिन निर्देशन दिएका छन् ।

ठूला दल मिलेर सरकार बनाएकोप्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै  ठूला दल मिल्नुपरेको धारणा राखेका छन् । 

‘पहिला सरकार बनेको केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्यो । राजनीति स्थिरता दिन्छौँ भनेर बनेको कांग्रेस- एमालेको सरकार बनेपछि तपाईँहरूले के त्यस्तो स्क्याम सुन्नुभएको छ ?’ उपप्रधानमन्त्री सिंहले भने । 

त्यस्तै, सरकार विधिको शासनमा प्रतिवद्द रहेको भन्दै बद्मासी गर्नेमाथि विधि अनुसारनै अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने सिंहले बताए ।

सिंहले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायतका विकासतर्फ अघि बढ्नुपर्ने पनि बताए ।  

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ७ : २३ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५