सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाले पहिलो दिन बहस सके, शुक्रबार पनि जारी रहने « Khabarhub

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाले पहिलो दिन बहस सके, शुक्रबार पनि जारी रहने


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान बिहीबार सकिएको छ ।

बुधबारसम्म यो मुद्दामा थुनछेक बहस भएको थियो । थुनछेक बहस सकिएकाले बिहीबारबाट जाहेरीवालाहरूको बहस सुरू भएको हो । बिहीबार एक दिनमै बहस नसकिएकाले शुक्रबार पनि जारी रहनेछ ।

बिहीबार जाहेरीवालाको तर्फवाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीका अनुसार न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

बुधबार सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि बिहीबारबाट जाहेरवालाको तर्फबाट बहस भइरहेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ७ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको