कृषि क्षेत्रका समस्या समाधान गर्नेगरी कानुनी सुधार गर्नुपर्छः किसान महासङ्घ « Khabarhub

कृषि क्षेत्रका समस्या समाधान गर्नेगरी कानुनी सुधार गर्नुपर्छः किसान महासङ्घ


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्नेगरी कृषिसम्बन्धी कानुनी सुधार गरिनुपर्नेमा जोड दिइएको छ ।

प्रस्तावित कृषि विधेयकमाथि अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको परामर्श गोष्ठीका वक्ताले कानुनी व्यवस्थाकै कारण रासायनिक मल विदेशबाट नेपाल आउन २८७ दिन लाग्नेजस्ता व्यवस्था सुधार गरिनुपर्नेमा जोड दिएका हुन् । यस्ता समस्याले कृषि क्षेत्रलाई पछाडि धकेलेका कारण पनि कानुनी सुधारबाहेक अरु विकल्प नभएको यस क्षेत्रका सरोकार भएका निकायको अधिकारीको जोड छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानूनी सुधार गर्न समितिले सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपालको कृषि क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले कृषि क्षेत्रमा सक्रिय रहेका महिलालाई ज्यालामा विभेद नगर्ने गरी कानुनी व्यवस्था गरिने बताए । यस्ता विषयलाई समितिले गम्भीर भएर उठाउने उनको भनाइ थियो ।

समिति सदस्यद्वय रुपा सोशी चौधरी र सरस्वती सुब्बाले कृषिसम्बन्धी कानुनी व्यवस्थाको सूक्ष्म अध्ययन गरी समस्या भएका विषय छिटो संशोधन गर्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाए । महासङ्घका अध्यक्ष प्रेम दङ्गालले कृषिसम्बन्धी कानुन निर्माणमा कर्मचारी हावी हुने गरेकाले नै समस्या आएको भनाइ राखे। कानुन निर्माणमा जनप्रतिनिधिको भूमिका कमजोर भएकाले पनि यस्तो भएको उल्लेख गर्दै अब दबाबमूलक कार्यक्रम अघि बढाउने भनाइ राखे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले खेतीयोग्य धेरै जग्गा बाँझो रहने र घरले ढाक्ने, आयातीत मल बीउमाथिको परनिर्भरताजस्ता समस्या समाधान हुनेगरी कृषि विधेयक तर्जुमा गरी विधेयकमाथि अहिले छलफल भइरहेको बताए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ८ : ५४ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा