दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल « Khabarhub

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ । गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई सहज बनेको छ । लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदी माथि पक्की पुल निर्माण गरिएको हो ।

पुल निर्माणपछि दुईवटै प्रदेशका नागरिकमा खुसी थपिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो । एक सय २६ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त कूल रु १४ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

सिमलटारी–प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौँबीच गत आठ वर्षअघि उक्त पुल निर्माणको सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७६ चैत ३० मा हस्तान्तरण गर्नुपर्ने थियो । तर समयमै निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त कार्यालय खारेज भएसँगै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीमार्फत रोकिएको काम सुरु भएको थियो ।

त्यसपछि सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वयन हुनेगरी पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । उनले पुल निर्माणको काम सम्पन्न भए पनि बजेट अभावका कारण सडक डिभिजन कार्यालय पाल्पाबाट निर्माण व्यवसायीलाई अझै रु तीन करोड ८५ लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी गराए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सांसद डा चन्द्र भण्डारीले पक्की पुल निर्माणले दुई पालिका, जिल्ला र प्रदेशसँगै विकासको आयामलाई पनि जोडेको बताएका छन् । कालीगण्डकी करिडोरले भारत र चीनलाई जोड्ने भएकाले मुख्य गरी कोरला नाकामा पुग्न र उत्पादित सामग्री निर्यात गर्न थप सहज पुग्ने उल्लेख गर्दै सांसद डा भण्डारीले यसको फाइदा कालीगण्डकी र विहादीवासीले लिनुपर्ने बताए ।

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ । पक्की पुलले दुई जिल्लाको सडकलाई सहज बनाउँदै आर्थिक उन्नतिसँग जोड्नका लागि थप सहजता पुग्ने विहादी गाउँपालिका पर्वतका अध्यक्ष परविन गुरुङले बताए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ९ : ४१ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार