बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार « Khabarhub

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)सँगको सहकार्यमा अस्पतालमा क्लिनिक सञ्चालनमा आएपछि मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता रोगको उपचार निःशुल्क गरिएको छ ।

पेन–प्लस कार्यक्रममार्फत जटिल रोगको उपचारसँगै त्यस्ता रोगबाट जोगिने उपायका बारेमा नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । गम्भीर नसर्ने रोगको ओपिडी सेवा, इको तथा इसीजी, विपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलताअनुसार एम्बुलेन्स तथा माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषणलगायतका सेवा सुविधा उपलब्ध गराइने बर्दिया अस्पताल गुलरियाका प्रमुख डा सुभाष पाण्डेयले बताए ।

क्लिनिकमार्फत निःशुल्क रुपमा थालेसेमियाका बिरामीलाई औषधि, सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीलाई परामर्श जस्ता सेवा पेन–प्लस क्लिनिकमा उपलब्ध रहने अस्पतालले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार, बर्दिया जिल्लामा विभिन्न जातजातिका समुदायको बसोबास तथा थारु समुदायको बाहुल्य रहेकाले थारु समुदायमा देखिने सिकलसेल, थालेसेमियालगायतका रोगका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

कतिपय बिरामी अन्तिम समय नहुँदासम्म अस्पताल नआउने प्रवृति भएकोले गाँउघरमै क्लिनिक सञ्चालन गर्नतर्फ सोच्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ९ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका