बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार « Khabarhub

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)सँगको सहकार्यमा अस्पतालमा क्लिनिक सञ्चालनमा आएपछि मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता रोगको उपचार निःशुल्क गरिएको छ ।

पेन–प्लस कार्यक्रममार्फत जटिल रोगको उपचारसँगै त्यस्ता रोगबाट जोगिने उपायका बारेमा नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । गम्भीर नसर्ने रोगको ओपिडी सेवा, इको तथा इसीजी, विपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलताअनुसार एम्बुलेन्स तथा माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषणलगायतका सेवा सुविधा उपलब्ध गराइने बर्दिया अस्पताल गुलरियाका प्रमुख डा सुभाष पाण्डेयले बताए ।

क्लिनिकमार्फत निःशुल्क रुपमा थालेसेमियाका बिरामीलाई औषधि, सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीलाई परामर्श जस्ता सेवा पेन–प्लस क्लिनिकमा उपलब्ध रहने अस्पतालले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार, बर्दिया जिल्लामा विभिन्न जातजातिका समुदायको बसोबास तथा थारु समुदायको बाहुल्य रहेकाले थारु समुदायमा देखिने सिकलसेल, थालेसेमियालगायतका रोगका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

कतिपय बिरामी अन्तिम समय नहुँदासम्म अस्पताल नआउने प्रवृति भएकोले गाँउघरमै क्लिनिक सञ्चालन गर्नतर्फ सोच्न आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ९ : ५५ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी