बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा केहीबेर अघि धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए । जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नआएको उनले बताए । अहिले प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थलतर्फ गएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १० : २२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास