नटिङघम फरेस्ट : ब्रिङटनविरुद्ध ७ शून्यको शानदार जित « Khabarhub

नटिङघम फरेस्ट : ब्रिङटनविरुद्ध ७ शून्यको शानदार जित


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको खेलमा नटिङघम फरेस्टले शानदार जित हात पारेको छ। क्रिस उडको ह्याट्रिकको सहयोगमा नटिङघम फरेस्टले शनिबार राति भएको खेलमा ब्रिङटनलाई ७-० ले हरायो।

डेनिस डन्कले १२ औँ मिनेटमा आत्मघाती गोल गरेपछि फरेस्ट अघि बढेको थियो। सो खेलको २५ औँ मिनेटमा गिब्स ह्वाइटले थप गोल गरे। खेलको ३२ औँ मिनेटमा पहिलो गोल गरेका उडले ६४ औँ मिनेटमा अर्को गोल गरे। उनले ६९ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै ह्याट्रिक गरे। निक विलियमले ८९ औँ तथा जोटा सिल्भाले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे।

तालिकामा फरेस्ट र दोस्रो स्थानमा रहेको आर्सनलको समान ४७ अङ्क छ। आर्सनलले आइतबार म्यानचेस्टर सिटीसँग खेल्ने छ। गोल अन्तरको आधारमा आर्सनल दोस्रो तथा फरेस्ट तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : ०७ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट