लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित « Khabarhub

लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपमा लिभरपुलले उपाधि यात्रालाई अझ बलियो बनाएको छ। शनिबार भएको खेलमा लिभरपुलले बोर्नमाउथलाई २-० ले हरायो। लिभरपुलका लागि मोहम्मद सलाहले दुवै गोल गरे।

सलाहले प्रिमियरसिपमा कुल १७८ गोल गरेका छन्। प्रिमियरसीपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा छैटौँ स्थानमा छन्। उनले १७७ गोल गरेका फ्रान्क लाम्पार्डलाई पछि पारेका छन्।

शनिबार भएको खेलको ३० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गरेका इजिप्टका खेलाडी सलाहले ७५ औँ मिनेटका अर्को गोल गरे। २३ खेलमा ५६ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ।

लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनललाई ९ अङ्कले पछि छाडेको छ। आइतबार म्यानचेस्टर सिटीलाई हराएमा आर्सनलले दुरी छोट्याउन सक्ने छ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : १२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित