न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा « Khabarhub

न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत रौतहटका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा ‘झोले’ भनेपछि आमजनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर भएको छ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले तीन साताअघि फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ हुन् भनेर लेखेका थिए ।

आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साहविरुद्ध गत शुक्रबार मुद्दा दर्ता भएको हो । साहले गत २९ पुसमा जिल्ला अदालत रौतहटका न्यायाधीशहरूप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवम् अस्तव्यस्त भयो’, उनले लेखेका थिए, ‘बेइमान एवम् अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याउन म सम्मानीय प्रधानन्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु ।’

त्यही प्रकरणमा साहविरुद्ध मुद्दा परेको हो । साहले अदालतको अपमान गरेको भन्दै रौतहटकै बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएको खुलेको छ।

यो मुद्दामा आइतबार न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ । यो मुद्दाको सुनुवाइ सकेर न्यायाधीश रेग्मीले आइतबार नै आदेश दिन सक्नेछन् ।

महासचिव साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि लागेको छ । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भइसकेको छ। अदालतको आदेश नआउँदै महासचिव साहले आफूलाई अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले बताएका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ५६ बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।