प्रदीप र राजबल्लभ छिरेपछि हलमा दर्शकको नारा– ‘एक्टर : टेक वान’को सिक्वेल चाहियो « Khabarhub

प्रदीप र राजबल्लभ छिरेपछि हलमा दर्शकको नारा– ‘एक्टर : टेक वान’को सिक्वेल चाहियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘एक्टर : टेक वान’ तेस्रो दिनमा प्रदर्शनरत छ । नायक राजबल्लभ कोइरालको कमब्याक र नायिका दिव्या रायमाझीको डेब्यू फिल्मका रुपमा यसको चर्चा छ ।

फिल्ममा नायक प्रदीप खड्का र नायिका आना शर्मा जस्ता स्टार कलाकारको अभिनय छ । फिल्ममा निर्देशक निश्चल बस्नेतको केमियो छ ।

यस फिल्मको अनुपेन्सी मध्यम छ । तथापि दर्शकबाट सकारात्मक प्रतिक्रिया आउने क्रम जारी छ ।

फिल्मका केन्द्रीय कलाकारहरू शनिबार प्रदीप, राजबल्लभ र दिव्या हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । उनीहरू दर्शकलाई ‘सप्राइज’ दिन ललितपुरको कुपन्डोलस्थित एक हलमा पुगेका थिए ।

फिल्म सकिएसँगै कलाकारहरू हलमा प्रवेश गरे । कलाकारलाई देख्नेबित्तिकै दर्शकले नारा लगाए, ‘वी वान्ट टेक टू !’ अर्थात् दर्शकहरूले नारा लगाएर फिल्मको सिक्वेल माग गरे ।

दर्शकले उनीहरूसमक्ष फिल्मको क्लाइमेक्स मन परेको प्रतिक्रिया दिए । यद्यपि ‘पोस्ट क्रेडिट’ अर्थात् फिल्मको अन्तिम दृश्यमा सिक्वेल बन्ने घोषणा गरिएको छ । तर, सिक्वलेको काम कहिलेबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छैन ।

यो पनि... चलचित्र विकास बोर्डको कमजोरीले अदालत छिरेको एक्टर…

‘एक्टर : टेक वान’मा दिव्य देव, उषा रजक र सुशील सिटौला लगायतको पनि मुख्य भूमिका छ ।

फिल्मका निर्देशक राजन भुसाल हुन् । भुसालले अकाश बरालसँग मिलेर फिल्मको कथा लेखेका हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : ३४ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ