अमेरिकालाई चीनले भन्यो- अतिरिक्त कर लगाउने निर्णयको जवाफ दिनेछौँ « Khabarhub

अमेरिकालाई चीनले भन्यो- अतिरिक्त कर लगाउने निर्णयको जवाफ दिनेछौँ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । यसलाई लिएर चीनको वाणिज्य मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ। जसमा अमेरिकी कदमविरुद्ध उचित जवाफी कदम चाल्ने उल्लेख छ ।

चीनको वाणिज्य मन्त्रालयले आइतबार एक वक्तव्यमा भनेको छ, ‘चीन यस कदमबाट पूरा असन्तुष्ट छ। चीन यसको कडा विरोध गर्छ ।’

चीनले वक्तव्यमा अमेरिकी कदमलाई विश्व व्यापार संगठनको नियमको‘गम्भीर उल्लंघन’ भनेको छ ।

चीनले यस किसिमको निर्णयले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई हानी पुर्‍याउने जनाएको छ ।

चीन अब अमेरिकाको ‘गलत व्यवहार’विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने तयारीमा छ । चीनले आफ्नो हित र अधिकारका लागि जवाफी कदम चाल्ने पनि उल्लेख गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘चीन अमेरिकासँग गलत पद्धति सुधार्न अपील गर्दछ । अहिले देखिएका समस्या सामना गर्न चीनसँग मिलेर काम गर्नु उचित हुन्छ ।’

चीनले अमेरिकालाई अगाडि भनेको छ, ‘पारस्परिक लाभ, सम्मान र समानताका आधारमा मतभेद हटाउँदै आपसी सहयोग बलियो बनाउका लागि काम गरौँ ।’

यसअघि ट्यारिफको मामिलामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा वाणिज्य मन्त्रालयका प्रवक्ता ही यादोङको भनाइ प्रकाशित भएको थियो ।

यसमा ट्यारिफले न त ची या अमेरिका न त बाँकी विश्वकै हितको अनुकुल रहेको टिप्पणी चीनको थियो ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रूथ सामाजिक सञ्जालमा ट्यारिफ लगाउने निर्णय अन्तरराष्ट्रिय आपातकालीन आर्थिक शक्ति अधिनियम (आईईईपीए) अनुसार गरिएको बताएका थिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : २४ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको