सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका प्रमुख थापा « Khabarhub

सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका प्रमुख थापा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना भएको प्रकरणमा जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।

थापासहितका सञ्चालकहरूमाथि म्याग्दी सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ बचत हिनामिना गरेको अभियोग छ ।

नेकपा (एमाले) का नेतासमेत रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनपछि जिसस म्याग्दीको संयोजक बनेका थिए ।

जिसस म्याग्दीका संयोजक थापासहितविरुद्ध सहकारी ठगी प्रकरणमा ०८१ जेठमा उजुरी परेको थियो । बचत अपचलनबारे सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानबिन गरेको थियो ।

उक्त कार्यालयको छानबिन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको जनाएको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीका मुख्य योजनाकार भनेर किटान गरिएको छ।

थापासहितको टोलीले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाएको आरोप पनि लागेको छ । थापाले सहकारीको बचत निजी स्कुल र घरजग्गामा लगानी गरेको खुलेको छ ।

उक्त सहकारीमा अहिले अध्यक्ष यमबहादुर रोका छन् । उनैले सहकारीको हिसाबकिताब छानबिन मागसहित ०८१ जेठमा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए ।

उक्त सहकारीमा थापा दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख बन्नुअघिसम्म उपाध्यक्षको भूमिकामा थिए ।

एमाले नेता थापा बेनी बजारस्थित बुद्ध एकेडेमीका सञ्चालक पनि हुन् । उनले कुमारी सहकारीबाट बिनाधितो उक्त विद्यालमा १६ करोड रुपैयाँ लगानी गरेको पनि खुलेको छ। थापासहितको समूहले सहकारीको बचत बिनाधितो निकालेर जग्गा किनेको पनि खुलेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ११ बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।