राष्ट्रियसभाको बैठकमै ढले कांग्रेस सांसद भट्ट « Khabarhub

राष्ट्रियसभाको बैठकमै ढले कांग्रेस सांसद भट्ट


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट बैठकमा सहभागी हुँदा हुँदै बिरामी परेका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिने क्रममा आशनमा बस्दा भट्ट अस्वस्थ भएर ढलेका थिए ।

भट्ट आशनमै ढलेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए ।

‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेर ढलेका थिए। चक्कर लागेर ढलेका भट्टलाई नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले बाहिर लगे । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको अहिले संसद् सचिवालयकै स्वास्थ्य शाखामा उपचार भइरहेको छ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : १७ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो