आपराधिक समूह र गुण्डागर्दीविरुद्ध प्रहरीले उपत्यकामा विशेष अपरेशन चलाउने « Khabarhub

आपराधिक समूह र गुण्डागर्दीविरुद्ध प्रहरीले उपत्यकामा विशेष अपरेशन चलाउने


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संघीय राजधानी सहर काठमाडौंसहितमा हुने गुण्डागर्दी र अपराधका घटना रोक्न विशेष अभियान चलाउने भएको छ ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिविरुद्ध आक्रामक कारबाही थाल्ने जानकारी दिएका छन् ।

‘अहिले सूचना संकलनका क्रममा छौँ, केही विशेष अपरेशन चलाउने अवस्था देखिएको छ,’ एसएसपी बस्नेतले भने, ‘प्रहरीलाई निर्धक्क साथ सूचना दिनुस् ।’

शुक्रबार पदभार ग्रहण गरेका बस्नेतले उपत्यकाका तीन जिल्लामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रणमा कार्यालयले आक्रामक कारबाही थालिसकेको पनि बताए।

यही क्रममा प्रहरीले शनिबार राति ललितपुरबाट अनलाइन जुवा खेलाउने २४ जनाको समूहलाई पक्राउ गरिसकेको छ। उनीहरूले एक अर्ब बढीको अनलाइन जुवा खेलाएको बस्नेतले बताएका छन् ।

उनले संगठनको लक्ष्य, नीति र कार्यसम्पादन सम्झौताअनुसार आफूले कार्य गर्ने बताए। ‘जघन्य किसिमका अपराध मात्रै नभएर काठमाडौंमा ठगी, लुटपाट, आर्थिक अपराधसमेत हुने गरेको छ,’ बस्नेतले भने, ‘कुनै पनि किसिमका अपराध नियन्त्रणमा हामी विमुख बन्दैनौँ।’

राजधानीमा आर्थिक अपराध अत्यधिक हुने गरेको छ। क्रिप्टो करेन्सीको कारोबार, हुन्डी र अनलाइन जुवालगायत आर्थिक अपराध हुने गरेका छन्।

यसबाहेक काठमाडौंमा हुने गरेको गुन्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए।

‘गुन्डागर्दीको पहिलेको स्थिति र अहिलेको अवस्था मूल्याङ्कन गरेर कार्यनीति बनाउँछु,’ बस्नेतले भने, ‘काठमाडौंमा गुण्डागर्दी गर्नेमाथि प्रहरी नजर सदैव छ । त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौँ ।’

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि काम गरिसकेकाले आफूलाई राजधानीमा हुने आपराधिक गतिविधिबारे जानकारी रहेको उनले बताए।

बस्नेतले यसअघि जनकपुर, पर्साजस्ता बढी अपराध र गैरकानुनी काम हुने जिल्लाको कमाण्ड सम्हालिसकेका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : १२ बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।