नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ « Khabarhub

नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ।

सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो।

अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरीले उनले प्रयोग गरेको बिआर३०एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : २० बजे

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित