माधव नेपालको आरोप- सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने « Khabarhub

माधव नेपालको आरोप- सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पालास्थित सिद्धबाबा सुरुङ छेड्दै नछेडी प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गरेको बताएका छन् ।

पार्टीको सङ्घीय सम्पर्क कमिटी प्रथम सम्मेलनलाई आइतबार कोटेश्वरस्थित एक रेस्टुररेन्टमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्माणका लागि अझै तीन वर्ष लाग्ने सुरुङबारे धेरै हल्ला गरिएको बताए ।

‘सिद्धबाबाको सुरुङ निर्माण सकिएकै छैन । तर छेड्दै नछेडी ब्रेक थ्रु भयो भनेर हल्ला गरिरहेका छन्’, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै भने, ‘अझै तीन वर्ष लाग्ने काम अहिले नै सकियो भनेर मैले गरेको भन्दै हल्ला गरेका छन् ।’

उनले मध्यपहाडी राजमार्गमा ४२ वटा सहर बनाउने भनेर एउटा पनि नबनाएको आरोप पनि लगाए । भ्यू टावरका नाममा पैसा उडाउनेले पालिकामा अस्पताल बनाउने भनेर अलपत्र छाडेको पनि बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-दोभान सडकखण्डमा निर्माण भएको सिद्धाबाबा सुरुङमार्गको गत माघ ११ गते भर्चुअल ब्रेक थ्रु (छिचोल्ने काम) घोषणा गरेका थिए ।

प्रधानमन्त्री ओलीले अस्वस्थ भएपछि भर्चुअल माध्यमबाटै सिद्धाबाबाको मुख्य सुरूङमार्ग ब्रेक थ्रु गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : १३ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको