टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई | Khabarhub Khabarhub

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

कास्की– विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो । 
 
‘टाइगर ग्रुप अफ अफ पोखरा’द्वारा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब  च्याम्पियन बन्न सफल भएको हो । पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले गण्डकीलाई ३–१ सेटले पराजित गरेको हो । 

पुलिसले पहिलो, दोस्रो र चौथो सेटमा जित निकालेको हो । उसले पहिलो सेट २५–२३ अङ्कले तथा दोस्रो सेट २५–२१ अङ्कले जितेको हो । तेस्रो सेट गण्डकीले २५–२० अङ्कले जित्यो । चौथो सेट २५–२२ अङ्कले जित्दै पुलिस क्लबले उपाधि चुमेको हो ।

उपाधिसँगै पुलिसले रु पाँच लाख ८५ हजार पाँच ५५ ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेता गण्डकीले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो ।  

यसअघि आजै सम्पन्न महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जित्यो । उसले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२  सेटमा पराजित गरेको हो । टाइगर ग्रुपले रु पाँच लाख ८५ हजार पाँच सय ५५ र उपविजेता एपीएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो । 

पहिलो सेट १७–२५ अङ्कले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ अङ्कले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ अङ्कले एपिएफले जित्यो । आयोजक टोलीले चौथो सेट २५–१६ अङ्कले जित्यो । अन्तिम सेट आयोजक टाइगर गुपले १५–१३ अङ्कको जितेर  उपाधि चुमेको हो । 
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : १५ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।