केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सिंह « Khabarhub

केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सिंह


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको बताएका छन् । 

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले आज जनकपुरधाममा आयोजना गरेको ‘सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रममा उनले सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यताअनुसार काम गरेको खण्डमा मुलुकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा पुग्ने बताए  । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त सचिव जयकुमार घिमिरेले धेरै सहकारीहरूले देशमा रोजगारी तथा आर्थिक विकासमा ठूलो योगदान दिएकाले सहकारिताको भावनाअनुसार सञ्चालित संस्थाहरूको प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राखे। 

मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले सहकारीको नाउँमा ठगी गर्नेमाथि राज्य गम्भीर रूपमा अगाडि बढेको बताए । 

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले केही व्यक्तिको गलत क्रियाकलापका कारण समग्र सहकारी संस्थालाई बदनाम गर्ने काम भएकाले राम्रो काम गर्ने सहकारीलाई राज्यले संरक्षण तथा सहयोग गर्न आवश्यक भएको धारणा राखिन्  । 

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, उपाध्यक्ष उर्मिला पन्त, महाप्रबन्धक सुरेश थापा, सञ्चालक समिति सदस्यहरू टेकप्रसाद चौलागाईं र नथुनी यादवले सहकारी संस्थाहरूले गरेका राम्रो कामको प्रचारप्रसार आवश्यक रहेकामा जोड दिए ।  
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा