३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह « Khabarhub

३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बढुवा भएका ३७ जना प्रहरी उपरीक्षकहरूलाई  दर्ज्यानी चिन्ह दिइएको छ।

हालै प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को आइतबार पदोन्नति गरेको थियो।

पदोन्नतिसँगै उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे।

दर्ज्यानी चिन्ह पाउनेहरूमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई रहेका छन् ।

यस्तै, शरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईँ, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कुँवर रहेका छन्।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै कुँवरले  व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दामाथि उठेर अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान, प्रभावकारी प्रहरी परिचालन एवम् जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : ५० बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर