चीनको जलवायु प्रतिबद्धता संकटमा : कोइलाको बढ्दो निर्भरताले लक्ष्य चुक्ने सम्भावना « Khabarhub

चीनको जलवायु प्रतिबद्धता संकटमा : कोइलाको बढ्दो निर्भरताले लक्ष्य चुक्ने सम्भावना


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले सन् २०२४ मा आफ्ना जलवायु प्रतिबद्धताहरू उल्लङ्घन गरेको देखिएको छ, किनकि ऊर्जा आवश्यकतालाई पूरा गर्न कोइलाको प्रयोग हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार, चीनले गत वर्ष ८.७७ अर्ब टन कोइला खपत गर्‍यो, जसले थर्मल ऊर्जा उत्पादन १.५ प्रतिशतले वृद्धि गर्‍यो। नयाँ कोइलाजन्य परियोजनाको अनुमति कम गरिए पनि अघिल्ला वर्षहरूमा स्वीकृत थुप्रै प्लान्टहरू सञ्चालनमा आए, जसका कारण चीनको कोइला निर्भरता थप बढेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी का अनुसार, चीनमा सेवा क्षेत्रमा विद्युतीकरण, डाटा सेन्टरहरूको विस्तार, र कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारले कोइलाको खपत तीव्ररूपमा बढाएको छ। चीनले सन् २०२४ मा मात्र ५४७.२ मिलियन टन कोइला आयात गर्‍यो, जसले वैश्विक कोइला व्यापारको ४१ प्रतिशत हिस्सा ओगट्यो।

यसै क्रममा, चीनले सन् २०२१ मा निलम्बन गरेको अष्ट्रेलियन कोइलाको आयात पुनः सुरु गर्‍यो, जुन कोभिड-१९ को उत्पत्तिबारे स्वतन्त्र अनुसन्धानको मागपछि रोकिएको थियो।

जलवायु कार्य ट्र्याकर नामक स्वतन्त्र संस्थाका अनुसार, चीनका ऊर्जा नीति तथा जलवायु लक्ष्यहरू अपर्याप्त देखिएका छन्, किनकि कोइला र तेलको खपत बढ्दै गएको छ भने जलविद्युत् उत्पादन कमजोर देखिएको छ।

चीनले सन् २०२५ सम्मका प्रमुख जलवायु लक्ष्यहरू पूरा गर्न नसक्ने सम्भावना देखिएको छ। चीनकै विद्युत् क्षेत्रमा विश्वभर जलाइने कोइलाको एक तिहाइ खपत भइरहेको छ, जसले वैश्विक कार्बन उत्सर्जनमा ठूलो योगदान पुर्‍याएको छ।

ूचीनको कोइला(रासायनिक उद्योग तीव्ररूपमा वृद्धि भइरहेको छ, जसले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत गरिएको कार्बन कटौती प्रयासलाई क्षति पुर्‍याएको छ। सन् २०२४ को पहिलो त्रैमासिकमा मात्र कोइला रासायनिक उत्पादनमा १८ प्रतिशतको वृद्धि देखिएको छ । ऊर्जा तथा सफा हावा अनुसन्धान केन्द्र को ूचीनको जलवायु रूपान्तरणस् दृष्टिकोण २०२४ प्रतिवेदनमा उल्लेख छ।

बढ्दो घरेलु दबाब, अमेरिकी व्यापार तनाव, र कमजोर नवीकरणीय ऊर्जा वृद्धिका कारण चीनको जलवायु लक्ष्यहरू प्राप्त गर्न कठिन देखिएको छ। वासिङ्टनस्थित एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका चीन जलवायु हबका निर्देशक ली शुओका अनुसार, चीनको अन्तर्राष्ट्रिय जलवायु वार्ताहरूमा राखिएको अभिव्यक्तिलाई वास्तविक उद्देश्यसँग तुलना गर्दा ठूलो अन्तर देखिन्छ। विज्ञहरूले चीनले आफ्नो ऊर्जा नीतिमा निर्णायक परिवर्तन नगरे ग्लोबल तापमान वृद्धिलाई १.५ड्ढऋ भित्र सीमित राख्न असम्भव हुने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : २२ बजे

भीमफेदी भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ – सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा