डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु « Khabarhub

डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा विकास भएको डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु भएको छ । डिपसिकले ताइवान, उइग्युर, तिब्बतजस्ता विषयमा सेन्सरसिप गर्दै आएको छ ।

चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर समुदायको हकहितका लागि काम गर्दै आएको क्याम्पेन फर उइग्युुर नामक संस्थाले डिपसिकमार्फत् प्रयोगकर्ताको डेटामा अनधिकृत पहुँच पु¥याउने भन्दै चिन्ता प्रकट गरेको छ ।

त्यसबाहेक यसले चिनियाँ कम्युनिट पार्टीको प्रचार गर्ने सम्भावना पनि उत्तिकै रहेको उक्त संस्थाले जनाएको छ ।

क्याम्पेन फर उइग्युरले डिपसिकले प्रयोगकर्ताको आईपी ठेगाना र अन्य डिजिटल सूचनामा पहुँच पु¥याएर चीनमा भण्डारण गर्ने भएकाले कम्युनिष्ट पार्टीले उक्त डेटाको दुरुपयोग गर्नसक्ने चिन्ता जाहेर गरेको छ ।

उक्त संस्थाकी कार्यकारी निर्देशक रुशन अब्बासले लामो समयदेखि चीन सरकार मानव अधिकार उल्लंघनका घटनामा संलग्न रहेको भन्दै आफ्नो समुदायका यस विषय निकै संवेदनशील रहेको उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ३३ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने