अग्रता जोगाउन नसक्दा बेटिससँग रियल म्याड्रिड पराजित « Khabarhub

अग्रता जोगाउन नसक्दा बेटिससँग रियल म्याड्रिड पराजित


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग पराजित भएको छ।

बेटिसको घरेलु मैदानमा भएको खेलको १० औँ मिनेटमा म्याड्रिडलाई ब्राहिम डियाज अग्रता दिलाएका थिए। खेलको सुरुवातमै डियाजले पाएको सहज अवसरलाई गोलमा परिणत गरेका थिए। तर अग्रता जोगाउन नसक्दा म्याड्रिड चुकेको हो।

म्याड्रिडले दुई राम्रा मौका गुमाए लगत्तै खेलको ३४ औँ मिनेटमा बेटिसका जोनी कारडोसोले बराबरी गोल फर्काए। पहिलो हाफा १-१ गोलको बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा बेटिसले खेलको ५४ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्यो। इस्ककोले पेनाल्टीलाई गोलमा परिणत गर्दै टिमलाई २-१ को अग्रता दिलाएका थिए। खेलमा यो पेनाल्टी गोल नै निर्णायक बनेको हो।

बेटिस आउनु अघि इस्ककोले नौ वर्ष रियल म्याड्रिडमा बिताएका थिए। यो पराजयसँगै रियल म्याड्रिड तेस्रो स्थानमा झरेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ३३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका