स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड तालिकाको शीर्ष स्थानमा « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड तालिकाको शीर्ष स्थानमा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा उक्लने क्रममा एट्लेटिको म्याड्रिडले शनिबार राति एथलेटिक क्लबलाई १-० ले हराएको हो।

पहिलो हाफ गोल रहित बराबरी खेलेको म्याड्रिडलाई जित दिलाउने क्रममा जुलियन अल्भारेजले सिजनको व्यक्तिगत १० औँ गोल गरे। उनले खेलको ६६ औँ मिनेटमा मार्कोस लोरेन्टेले उपलब्ध गराएको बललाई शानदार ढङ्गले गोलमा परिणत गरेका थिए।

एट्लेटिको जित सहित शीर्ष स्थानमा उक्लनु केही समय अघि रियल म्याड्रिडले हारको सामना गरेको थियो। स्पेनिस ला लिगाका अन्य खेलमा गिरोना र सेल्टा भिगो बिच २-२ गोलको बराबरी भयो भने रायो भल्कानो र सेभियालेसमेत १-१ को बराबरी खेले।

शीर्ष स्थानको एट्लेटिकोको ५६ अंक छ। बार्सिलोना र रियल म्याड्रिडको ५४ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ। एथलेटिक क्लब भने ४८ अंकसहित चौथो स्थानमा छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको