कांग्रेस सभापतिमा प्रकाशमानको दाबी, भन्छन्- त्योभन्दा तलको पदमा बस्दिनँ « Khabarhub

कांग्रेस सभापतिमा प्रकाशमानको दाबी, भन्छन्- त्योभन्दा तलको पदमा बस्दिनँ


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका नेता तथा  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिहले पार्टीको आगामी सभापतिमा दाबी गर्ने सङ्केत गरेका छन् ।

पार्टीभित्र सभापति चयनको दौडलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने सङ्केत गरेका छन् ।

सुर्खेतमा प्रेस युनियनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू पनि सभापति पदको दाबेदार भएको बताएका हुन् ।

‘जुन पदमा म छु, त्योभन्दा तल जान तयार छैन’, उनले भने, नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ । यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’

उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले  थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको बताए ।

सिंहले आफूले पार्टीलाई सङ्गठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको उल्लेख गर्दै  संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताए । 

‘महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ,’ उनले भने । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले ३७१ मत ल्याएका थिए ।

पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः मतदान गरिएको थियो। दोस्रो चरणको मतदानमा सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

कांग्रेसमा सिंहको गुट त्यति प्रभावकारी मानिँदैन । तर पनि गणेशमान सिंहको विरासत बोकेकाले पनि उनलाई कांग्रेस नेता कार्यकर्ताले सम्मान दिँदै आएका छन् ।

कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् । तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ ।

तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : २० बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली