सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने « Khabarhub

सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतमा आइतबारका लागि तय भएका सबै पेशी स्थगित गरिएको छ ।

पूर्व न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको शोकमा आइतबारका लागि तोकिएका सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो ।

८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको शुक्रबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

शारदा नेपालकी पहिलो महिला न्यायाधीश हुन् । उनी न्यायाधीशका रुपमा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश थिइन् ।

२०६१ वैशाखमा उनी सर्वोच्चकी न्यायाधीश भएकी थिइन् । उनी ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन् ।

सर्वोच्च पुग्नुअघि उनी उच्च अदालत राजविराजमा कार्यरत थिइन् । शुक्रबार सार्वजनिक बिदा परेकाले सर्वोच्चले उनको निधनको शोकमा आइतबारको पेशी स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ५२ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त