काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो « Khabarhub

काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण घटेको छ ।

उपत्यकाका शंखपार्क, खुमलटार र भक्तपुरको वायुको गुणस्तर सुधार भएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार आइतबार बिहान ११:३० बजे ती स्थानको एयर क्वालिटी इन्डेक्स (क्यूआई) १०९ देखि १२६ सम्म छ ।

यो सूचकांक गत शुक्रबार १५४ देखि १८६ सम्म थियो ।

दुई दिनको हल्का वर्षासँगै उपत्यकाको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेको छ ।

आइतबार बिहान ११ : ३० बजे शंखपार्कको एक्यूआई १२६ र पीएम २.५ को मात्रा ५१.२ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ । यो मात्रा शुक्रबार बिहान ११ बजे १४०.१४ पुगेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ