दयाहाङ र विजयले सुरु गरे ‘वरिष्ठ बलराम’को छायाङ्कन « Khabarhub

दयाहाङ र विजयले सुरु गरे ‘वरिष्ठ बलराम’को छायाङ्कन


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त गरी आजैबाट छायाङ्न सुरु भएको छ । आइतबार बूढानीलकण्ठ मन्दिरमा पूजा गरी फिल्मको छायाङ्कन सुरु भएको हो ।

शुभ मुहूर्त कार्यक्रममा फिल्मका केन्द्रीय कलाकार विजय बराल, दयाहाङ राई, पशुपति राईलगायत सहभागी थिए ।

फिल्ममा समृद्धि अर्याल, गौमाया गुरुङ, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहने छ ।

फिल्मका निर्देशक सुरेन्द्र पौडेल आगमी कात्तिक ३ गते फिल्म प्रदर्शनमा ल्याउने तयारीका साथ छायाङ्नमा निस्किएका हुन् ।

यस फिल्मको कथा निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा निर्माण हुने यस फिल्मको निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : ५४ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम