गृहमन्त्रीले भने- पाथीभरा केबलकारको समस्या समाधान गर्न सरकार तयार छ, वार्तामा आउनुस्  « Khabarhub

गृहमन्त्रीले भने- पाथीभरा केबलकारको समस्या समाधान गर्न सरकार तयार छ, वार्तामा आउनुस् 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । 

उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गर्ने उनले उल्लेख गरे । 

गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे। भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताए  ।

त्यस्तै उनले विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । 

भूकम्पपछिको पुनर्स्थापना र पुन निर्माणको कामले लय समातेको उनको भनाइ छ । उनले सीमित स्रोत र साधनकाबीच अपेक्षित रूपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ५२ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान