‘नो केबलकार’ समूहलाई संसद्‍बाट वार्तामा बोलाए गृहमन्त्रीले « Khabarhub

‘नो केबलकार’ समूहलाई संसद्‍बाट वार्तामा बोलाए गृहमन्त्रीले


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केवलकार समूह’ले उठाएका विषयप्रति सरकार गम्भीर भएको उल्लेख गरे । उनीहरूलाई यथाशीघ्र वार्तामा आउन पनि उनले आह्वान गरे।

केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत् समाधान गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए ।

गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको पनि बताए ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको उनले बताए ।

दोषीलाई कारवाही गर्ने बचन पनि उनले दिए । गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता जनाए ।

भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताएका छन् ।

विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै उनले अन्य नीतिगत र कानुनी सुधारबारे छलफल भइरहेको जानकारी दिए ।

भूकम्पपछिको पुनर्स्थापना र पुन:निर्माणले लय समातेको उनको भनाइ छ । सीमित स्रोत र साधनबीच अपेक्षित रुपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील रुपमा काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै