‘नो केबलकार’ समूहलाई संसद्‍बाट वार्तामा बोलाए गृहमन्त्रीले « Khabarhub

‘नो केबलकार’ समूहलाई संसद्‍बाट वार्तामा बोलाए गृहमन्त्रीले


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केवलकार समूह’ले उठाएका विषयप्रति सरकार गम्भीर भएको उल्लेख गरे । उनीहरूलाई यथाशीघ्र वार्तामा आउन पनि उनले आह्वान गरे।

केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत् समाधान गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए ।

गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको पनि बताए ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको उनले बताए ।

दोषीलाई कारवाही गर्ने बचन पनि उनले दिए । गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता जनाए ।

भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताएका छन् ।

विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै उनले अन्य नीतिगत र कानुनी सुधारबारे छलफल भइरहेको जानकारी दिए ।

भूकम्पपछिको पुनर्स्थापना र पुन:निर्माणले लय समातेको उनको भनाइ छ । सीमित स्रोत र साधनबीच अपेक्षित रुपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील रुपमा काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ४९ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा