राष्ट्रियसभा : सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग « Khabarhub

राष्ट्रियसभा : सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गरेकी छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनै पनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन् । 

उनले भनिन्, ‘वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण कैयौँ पीडित भएका छन् । त्यसैले जतिसक्दो चाँडो उनीहरूको समस्या समाधान गर्नुपर्छ’, उनले भनिन्  । 

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको तामा उत्खननलाई वैज्ञानिक ढङ्गबाट अध्ययन अनुसन्धान गरी पुनःसञ्चालनका लागि सरकारसँग माग गरिन् । 

उनले भनिन्, ‘मुगुको कार्मारोङ गाउँपालिका वडा नं १ मा पहिलेदेखि नै स्थानीयले तामाखानीबाट तामाको कच्चापदार्थ उत्खनन गरी प्रशोधन पश्चात विभिन्न सामग्री तयार पारेर उत्तरमा तिब्बत र नेपालका विभिन्न ठाउँमा बिक्री वितरण गर्दै आइरहेकामा २०२४ सालदेखि सरकारको आदेशमा उत्खननमा रोक लगाइएको छ, त्यसलाई पुनः सञ्चालनका निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद नरबहादुर विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भनिए पनि पटक–पटक मिति सारिएको भन्दै समयमै गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । 

‘प्रतियोगिता आगामी चैत २३ गते गर्ने भनिएको थियो, अब फेरि जेठ २३ गते सारिएको छ, मिति सार्नुले समग्र खेलाडीमाथि अन्याय भएको छ, जेठ २३ गते पनि हुन्छ नै भन्ने टुङ्गो छैन, सरकारले तोकिएकै मितिमा हुन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ’, उनले भने । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको