‘फेरि रेशम फिलिली’लाई सकारात्क ‘वर्ड अफ माउथ’, नयाँ गीत पनि आयो « Khabarhub

‘फेरि रेशम फिलिली’लाई सकारात्क ‘वर्ड अफ माउथ’, नयाँ गीत पनि आयो


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शिवरात्रि (फागुन १४ गते)बाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ सकारात्मक वर्डअफ माउथसहित प्रदर्शनरत छ । यसको प्रभावले बिस्तारै हलमा अकुपेन्सी बढ्दै गएको निर्माता रौनकविक्रम कँडेल बताउँछन् ।

निर्माण कँडेलका अनुसार बिहीबार र शुक्रबार फिल्मको अनुपेन्सी न्यून रहे पनि शनिबार र आइतकार उच्च छ । वितरक गोविन्द शाही पनि निर्माता कँडेलको भनाइमा सहमत छन् ।

भन्छन्, ‘शनिबारबाट हलमा दर्शकको चाप बढ्दो छ । केही शोहरू हाउसफुल छन् ।’

यस फिल्ममा निर्देशक निरोज महर्जनको कामलाई लिएर कलाकारले तारिफ गरेका छन् ।

यसैबीच निर्माण पक्षले फिल्मको ‘कैले घाम म कैले छायाँ म’ बोलको गीत सार्वजनिक गरेको छ । उक्त गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ ।

सिनेमाको सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया र महेश त्रिपाठी फिचर्ड छन् ।

फिल्ममा उनीहरुसहित नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, मेक्सम गौडेलको अभिनय छ ।

यस फिल्मको कथा निर्देशक महर्जन र आकाश बरालको पटकथा रहेको छ । फिल्म सिनेमा आर्ट्स र वी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ४६ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर