‘फेरि रेशम फिलिली’लाई सकारात्क ‘वर्ड अफ माउथ’, नयाँ गीत पनि आयो | Khabarhub Khabarhub

‘फेरि रेशम फिलिली’लाई सकारात्क ‘वर्ड अफ माउथ’, नयाँ गीत पनि आयो


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शिवरात्रि (फागुन १४ गते)बाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ सकारात्मक वर्डअफ माउथसहित प्रदर्शनरत छ । यसको प्रभावले बिस्तारै हलमा अकुपेन्सी बढ्दै गएको निर्माता रौनकविक्रम कँडेल बताउँछन् ।

निर्माण कँडेलका अनुसार बिहीबार र शुक्रबार फिल्मको अनुपेन्सी न्यून रहे पनि शनिबार र आइतकार उच्च छ । वितरक गोविन्द शाही पनि निर्माता कँडेलको भनाइमा सहमत छन् ।

भन्छन्, ‘शनिबारबाट हलमा दर्शकको चाप बढ्दो छ । केही शोहरू हाउसफुल छन् ।’

यस फिल्ममा निर्देशक निरोज महर्जनको कामलाई लिएर कलाकारले तारिफ गरेका छन् ।

यसैबीच निर्माण पक्षले फिल्मको ‘कैले घाम म कैले छायाँ म’ बोलको गीत सार्वजनिक गरेको छ । उक्त गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ ।

सिनेमाको सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया र महेश त्रिपाठी फिचर्ड छन् ।

फिल्ममा उनीहरुसहित नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, मेक्सम गौडेलको अभिनय छ ।

यस फिल्मको कथा निर्देशक महर्जन र आकाश बरालको पटकथा रहेको छ । फिल्म सिनेमा आर्ट्स र वी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग