आइपुगे विश्वकप विजेता बफोन (तस्बिरहरू) « Khabarhub

आइपुगे विश्वकप विजेता बफोन (तस्बिरहरू)


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- गत आइतबारदेखि जारी ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् ।

विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार दिउँसो नेपाल आइपुगेका हुन् ।

केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेसहितले बफोनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

केपी ओली कपको तेस्रो संस्करण गत आतबारदेखि जारी छ । यसको फाइनल खेल सोमबार दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल बफोनले दशरथ रंगशालामा हेर्नेछन् ।

बफोनअघि ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रस्ताव भएको थियो । तर उनीहरू नआउने भएपछि बफोनलाई ल्याइएको हो ।

बफोन नेपाल टेक्नेमा विश्व फुटबलकै ठूला नाममध्ये एक भएका छन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी गरेका थिए ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ३१ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान