आइपुगे विश्वकप विजेता बफोन (तस्बिरहरू) « Khabarhub

आइपुगे विश्वकप विजेता बफोन (तस्बिरहरू)


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- गत आइतबारदेखि जारी ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् ।

विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार दिउँसो नेपाल आइपुगेका हुन् ।

केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेसहितले बफोनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

केपी ओली कपको तेस्रो संस्करण गत आतबारदेखि जारी छ । यसको फाइनल खेल सोमबार दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल बफोनले दशरथ रंगशालामा हेर्नेछन् ।

बफोनअघि ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रस्ताव भएको थियो । तर उनीहरू नआउने भएपछि बफोनलाई ल्याइएको हो ।

बफोन नेपाल टेक्नेमा विश्व फुटबलकै ठूला नाममध्ये एक भएका छन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी गरेका थिए ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ३१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको