गुठीपीडितसँग झडप हुँदा सिंहदरबार वृत्तका डीएसपी घाइते « Khabarhub

गुठीपीडितसँग झडप हुँदा सिंहदरबार वृत्तका डीएसपी घाइते


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले निकालेको प्रदर्शनका क्रममा आइतबार नयाँबानेश्वर क्षेत्रमा झडप भएको छ ।

नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रनजिक भएको प्रदर्शनलाई प्रहरीले रोक्ने क्रममा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

झडपका क्रममा टाउकोमा चोट लागेका पौडेलको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ ।

जुलुस गौशालास्थित पशुपति धर्मशालाबाट ब्यानर, प्लेकार्ड र हलोसहित धर्मशालाबाट निकालिएको थियो । जुलुस नयाँ बानेश्वरमा पुगेर धर्ना बस्न खोजेपछि झडप भएको हो ।

पीडितहरूले जमिनमाथिको द्वैध स्वामित्व अन्त्य गर, मोही पूर्जाको हक सुनिश्चित गर, गुठी ऐन जारी गर, धर्मको नाममा शोषण गर्न पाइँदैनसहितका नाराबाजी गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : २५ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ