गुठीपीडितसँग झडप हुँदा सिंहदरबार वृत्तका डीएसपी घाइते « Khabarhub

गुठीपीडितसँग झडप हुँदा सिंहदरबार वृत्तका डीएसपी घाइते


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले निकालेको प्रदर्शनका क्रममा आइतबार नयाँबानेश्वर क्षेत्रमा झडप भएको छ ।

नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रनजिक भएको प्रदर्शनलाई प्रहरीले रोक्ने क्रममा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

झडपका क्रममा टाउकोमा चोट लागेका पौडेलको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ ।

जुलुस गौशालास्थित पशुपति धर्मशालाबाट ब्यानर, प्लेकार्ड र हलोसहित धर्मशालाबाट निकालिएको थियो । जुलुस नयाँ बानेश्वरमा पुगेर धर्ना बस्न खोजेपछि झडप भएको हो ।

पीडितहरूले जमिनमाथिको द्वैध स्वामित्व अन्त्य गर, मोही पूर्जाको हक सुनिश्चित गर, गुठी ऐन जारी गर, धर्मको नाममा शोषण गर्न पाइँदैनसहितका नाराबाजी गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : २५ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल