भेडापालनतिर विप्लव : कालिकोटमा खोले एक सय १८ भेडासहितको फार्म « Khabarhub

भेडापालनतिर विप्लव : कालिकोटमा खोले एक सय १८ भेडासहितको फार्म


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय कृषि क्रान्तिबाट समाजवाद ल्याउनुपर्ने अभियानमा छन् ।

उनी नेतृत्वको पार्टी गृहजिल्ला कपिलवस्तु हँदै कर्णालीमासमेत पुगेर खेतीपातीदेखि पशुपालनमा पनि जुटेको छत्त । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले पूर्वदेखि पश्चिमसम्मै उत्पादनमा जोड दिँदै सामूहिक खेतीमा लागिरहेको छ । 

विप्लवले हालै कर्णाली पुगेर स्याउ र आलु खेती थालेका छन् । अन्य जिल्लामा तरकारी र धान रोप्दै समाजवादसम्म पग्ने बाटो उनले खन्न थालेका हुन् । यही क्रममा कालिकोट पुगेका विप्लवले शनिबार मात्रै त्रिवेणी साझेदारी भेडा फार्म उद्घाटन गरेका छन् । 

नेकपाले कालिकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सा गाउँका रामबहादुर बोहोराबाट २०८१ साल कात्तिकमा २० लाख खर्चिएर ९० भेडा खरिद गरेको थियो । हाल भेडाको संख्या एक सय १८ पुगिसकेको छ । ती भेडा हाल पाँच जनाले पाल्दै आएका छन् ।

विप्लवले नेपाली युवाहरूले खाडीका मरुभूमिमा गएर भेडा पालेर नहुने भन्दै नेपालमै त्यो काम गर्न आग्रह गरे । ‘आखिर नेपाली युवाहरू राज्यको असक्षमताका कारण विदेश जाने गरेका छन् । विदेश गएर पनि विदेशीहरूको भेडा हेर्ने । खेतीपाती गर्ने, पसिना बगाउने गरेका छन्,’ उनले भने, ‘त्यो काम अब नेपालमै गरौँ, नेपालमै उत्पादनमा लागौँ । यसो भए देश र जनतालाई आत्मनिर्भर बनाउन सकिन्छ ।’

राज्यले गाउँ–गाउँमा निष्पक्ष भएर अवसर, रोजगारी र न्याय दिन नसक्दा नेपाली युवाहरू विदेशिन बाध्य हुनुपरेको टिप्पणी उनले गरे ।

‘विश्वका विभिन्न देशमा गएर श्रम गर्न सक्छौँ भने नेपालमा किन गर्न सक्दैनौँ ?,’ उनले भने, ‘नेकपाले भेडा पालनसँगै कृषि, उद्योग र व्यापारमा हात हालेको छ । पार्टी र जनतालाई आत्मनिर्भर बनाउने अभियानमा छ । अहिले पार्टीले गरेको उत्पादन कहीँ घाटामा गएको छैन ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : ३९ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा