एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ « Khabarhub

एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् । 

मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुने छन् ।

प्रतियोगितामा मानमति विष्ट (कप्तान) जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनीता पण्डित क्षेत्रीले भाग लिँदै छन् भने अफिसियलमा अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ रहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : ४४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच