अमेरिकामा पक्राउ परेका केन्द्रीय सदस्य थापा रास्वपाको जिम्मेवारीबाट अलग « Khabarhub

अमेरिकामा पक्राउ परेका केन्द्रीय सदस्य थापा रास्वपाको जिम्मेवारीबाट अलग


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकन अध्यागमन विभागको हिरासतमा परेका छन् ।

उनी साताअघि नेपालबाट अमेरिका जाने क्रममा पक्राउ परेर अमेरिकी अध्यागमनको हिरासतमा पुगेका हुन् ।

यसबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पक्राउ परिसकेपछि थापाले यसअघिनै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने भनेर निवेदन दिएको बताए ।

उनले आफूबारे आइपरेका समस्या समाधान गर्नुपर्ने भएकाले त्यो किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने भन्दै निवेदन दिएको जानकारी दिएका छन् ।

अमेरिकामा रहेका थापा केही सातअघि पक्राउ परेका हुन् । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित संघीय हिरासत केन्द्रमा राखिएको बताइएको छ । थापा रास्वपामा सभापति लामिछानेनिकट नेता हुन् ।

थापालाई कुन अपराधमा पक्राउ गरिएको खुलिसकेको छैन । अमेरिकामा रहँदा पनि उनी अराजक गतिविधि गर्नेमध्येका एक थिए ।

थापाले गत असोज पहिलो साता राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा देखाउन र जुत्ताको माला लगाइदिन भन्दै फेसबुकमै लेखेका थिए ।

थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा पनि मुद्दा चलेर जेल बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो । अहिले उनी अमेरिकी ग्रीन कार्ड बोकेर हिँडिरहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ५ : १२ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ