अमेरिकामा पक्राउ परेका केन्द्रीय सदस्य थापा रास्वपाको जिम्मेवारीबाट अलग « Khabarhub

अमेरिकामा पक्राउ परेका केन्द्रीय सदस्य थापा रास्वपाको जिम्मेवारीबाट अलग


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकन अध्यागमन विभागको हिरासतमा परेका छन् ।

उनी साताअघि नेपालबाट अमेरिका जाने क्रममा पक्राउ परेर अमेरिकी अध्यागमनको हिरासतमा पुगेका हुन् ।

यसबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पक्राउ परिसकेपछि थापाले यसअघिनै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने भनेर निवेदन दिएको बताए ।

उनले आफूबारे आइपरेका समस्या समाधान गर्नुपर्ने भएकाले त्यो किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने भन्दै निवेदन दिएको जानकारी दिएका छन् ।

अमेरिकामा रहेका थापा केही सातअघि पक्राउ परेका हुन् । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित संघीय हिरासत केन्द्रमा राखिएको बताइएको छ । थापा रास्वपामा सभापति लामिछानेनिकट नेता हुन् ।

थापालाई कुन अपराधमा पक्राउ गरिएको खुलिसकेको छैन । अमेरिकामा रहँदा पनि उनी अराजक गतिविधि गर्नेमध्येका एक थिए ।

थापाले गत असोज पहिलो साता राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा देखाउन र जुत्ताको माला लगाइदिन भन्दै फेसबुकमै लेखेका थिए ।

थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा पनि मुद्दा चलेर जेल बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो । अहिले उनी अमेरिकी ग्रीन कार्ड बोकेर हिँडिरहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ५ : १२ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल