पाथिभरा केबलकारको पक्षमा एमाले, सहज वातावरण बनाएर निर्माण गर्नुपर्ने निष्कर्ष « Khabarhub

पाथिभरा केबलकारको पक्षमा एमाले, सहज वातावरण बनाएर निर्माण गर्नुपर्ने निष्कर्ष


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले)ले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध पाथिभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् ।

मुक्कुमुलुङमा आईएमई ग्रुपले निर्माण गरिरहेको केबलकार खारेजीको माग गर्दै धार्मिक अभियन्ताहरूले काठमाडौँमा पदयात्रा गरिरहँदा एमालेले भने सहज वातावरण बनाएर अघि बढाउनुपर्ने मत राखेको हो ।

‘पाथिभरामा केबलबारका सन्दर्भमा देखिएको विवादबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गरेर निर्माण अघि बढाउनुपर्छ’, एमाले महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणका लागि सहज वातारण बनाउन पार्टीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

उनले अहिले देखिएको विवादलाई अन्त्य गरेर सहज केबलकार निर्माणका लागि सहज वातावरण बनाउनुपर्ने निर्णय पनि पार्टीले लिएको बताएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ०० बजे

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा

गण्डकी प्रदेशसभा : सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल

एजेन्सी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१