प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालनमा « Khabarhub

प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालनमा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले आजदेखि ३१२ औँ शाखा कार्यालयको रूपमा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिकास्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ । 

बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदूर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणको उपस्थिति रहेको थियो । 

बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने र दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 
              

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ४५ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल