३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ कसुरकी फरार महिला पक्राउ « Khabarhub

३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ कसुरकी फरार महिला पक्राउ


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी तथा आपराधिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पाल्पा बगनासकाली गाउँपालिका-१ की ३९ वर्षीया कल्पना गैरे रहेकी छन् ।

काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएकी गैरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो ।

आचार्यका अनुसार गैरेविरुद्ध फागुन १५ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरूद्ध ३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

आचार्यका अनुसार गैरेले विभिन्न बैंकको चेक व्यक्तिहरूलाई दिएकोमा भुक्तानी नभई कालोसूचीमा परेको थियो ।

यसरी कालोसूचीमा परेपछि पनि गैरेले नयाँ चेकहरू दिने भन्दै झुटो आश्वासन देखाएर पुराना चेक जबरजस्ती खोसेर फरार हुने गरेको प्रहरीको भनाइ छ ।

गैरेलाई ठगी तथा आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ५२ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली