राजाको शासन कालमा नेपाल अविकासको चरम अवस्थामा थियो : महासचिव पोखरेल | Khabarhub Khabarhub

राजाको शासन कालमा नेपाल अविकासको चरम अवस्थामा थियो : महासचिव पोखरेल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजाको शासन कालमा नेपाल अशिक्षा, पछौटेपन, गरिबी र अविकासको चरम अवस्थामा रहेको स्मरण गरेका छन् ।

आइतबार साँझ पोखरेलले सामाजिक सञ्जालमार्फत एक्समार्फत राजतन्त्रमा राजपरिवारका सदस्यहरु अबैध तरिकाबाट धनआर्जन गर्नमा लिप्त भएको समेत बताएका छन् । उनीहरुकै नेतृत्वमा नेपालका पुरातात्विक सम्पदा र मुर्तिहरु समेत बेचिएको पोखरेलले बताएका छन् ।

उनले लेखेका छन्, ‘ राजाको शासन कालमा नेपाल अशिक्षा, पछौटेपन, गरिबी र अविकासको चरम अवस्थामा थियो । राजपरिवारका सदस्यहरु अबैध तरिकाबाट धनआर्जनमा लिप्त थिए । उनीहरुकै नेतृत्वमा नेपालका पुरातात्विक सम्पदा र मुर्तिहरु बेचिन्थे। जनताले त्यो समयको पनि हेक्का राखेका छन् भन्नेकुरा राजावादीले बुझेकै राम्रो !’

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ३५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले